नेपालले चीनसँग मिलेर नयाँ नक्सा जारी गरेको आरोप लगाउने भारतिय सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौँ, असोज २९ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा जारी गरेकोलाई चीनसँगको मिलेमतो भनी बात लगाउने भारतका २८ औँ सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे दशैं र तिहारको बीचमा नेपाल आउँदैछन् ।

भारतसँग बिग्रँदो कूटनीतिक तथा व्यक्तिगत सम्बन्ध सुधार्ने प्रधानमन्त्री केपी ओलीको योजनाअन्तर्गत उनलाई परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको निम्तो दिइएको हो । सन् २०१९ डिसेम्बरदेखि सेनाध्यक्षको जिम्मेवारी सम्हालेका उनी सन् १९८० देखि सिख लाइट इन्फेन्ट्री रेजिमेन्टको सातौँ बटालियन कमाण्ड गर्दै चीन र पाकिस्तानसँग सीमा विवाद रहेको क्षेत्र जम्मु–काश्मिरमा लामो समय काम गरेका फौजी हुन् ।

नरवाणे कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएपछि तीर्थयात्राका लागि मुक्तिनाथ जाने कार्यक्रम तय भएको परराष्ट्रस्रोतले जनाएको छ । जम्मा तीन रात नेपालमा बिताएर २१ गते फर्कने उनले पूर्वप्रचलनअनुसार राष्ट्रपतिबाट मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्ने कार्यक्रम छ । यस्तो उपाधि नेपालका प्रधानसेनापति भारत जाँदा पनि दिने गरिन्छ ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले उताको मानार्थ उपाधि ग्रहण गरिसकेका छन् । खासमा नरवाणे नेपालको नक्सा प्र करण हुनुपूर्व नै काठमाडौं ओर्लिने कार्यक्रम थियो । को भिडको विश्वव्यापी म हामारीका कारण सात महिनाअघिकै भ्रमण तालिका सरेर अहिलेसम्म लम्बिएको हो ।

नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।

उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मु’द्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्ति प्रति आ’पत्ति जनाइएको थियो । त्यस पछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रो’क्न सरकारलाई जन स्तरबाट द’वाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए ।

अहिले नेपाल–भारतबीचको संवादहीनताका कारण उत्पन्न समस्या फुकाउने सन्दर्भमा पनि उनको भ्रमण फलदायी हुने अपेक्षासहित नेपाल पक्षको जोडबलमा आउन लागेका हुन् । – जनआस्थाबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 15, 2020