दर्शनाको नेवारी गीत सार्वजनिक (भिडियो)

काठमाडौं, असोज ३० । पाँच दर्जनभन्दा बढी फु’टकर गीत गाएर चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत ल्याएकी छन्।

पप, आधुनिक सबै खाले भाकाका गीत गाउँदै आएकी भए पनि नेपाल भाषा अर्थात् नेवारी भने दर्शनाको पहिलो गीत हो।

जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत र नरेन्द्र महर्जनको प्रस्तुति रहेको ‘चुली जाल न्हां’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक रुसिल अमात्य हुन् भने नेहा तामाङको कोरियोग्राफी रहेको छ। भिडियो गायिकाको आफ्नै युट्युब च्या नलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो: 

तस्बिर – दर्शना महर्जन                                                       

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 16, 2020