यति धेरै भ्रष्टाचार गरेको अहिलेसम्म सुनेकै थिएन, दसैंपछि आन्दोलन गर्छौं : देउवा

काठमाडौं, असोज ३० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले हे लचक्राइँ गरेको बताएका छन्।

गरिब जनतालाई नि:शुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप देउवाको छ । पछिल्लो समय काठमाडौंमै को रोना भ यावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाले बताए।

अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको देउवाको आ रोप छ।

अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो। तर सरकारले काम नै गरेको छैन,’ सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको को रोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भने, ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ। स्थिति भ यावह भइसकेको छ। आइसोलेसन बेडको हा हाकार भइरहेको छ।’       

सरकारले आवश्यकताअनुसार भेन्टिलेटर पनि व्यवस्थापन गर्न नसकेको सभापति देउवाले बताए। ‘तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,’ उनले भने, ‘यदी सरकारले यी काम गरेन भने हामी विरोध गर्छौं।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको देउवाले बताए।

‘सरकारले जनताको कुनै वास्ता नै गरेको छैन। म’रे म’रून् भन्ने अवस्थामा पुगेको छ,’ देउवाले भने, ‘सरकारले यस्ता म हामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो। तर सरकारले जनताको मतलव नै गरेन।’

सरकारले को रोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिएका छन्।

‘सेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार भएको छ। यति भ्रष्टाचार त अहिलेसम्म सुनेकै थिएन,’ देउवाले भने, ‘को रोनाका नाममा धेरै भ्रष्टाचार भइरहेको छ। म हामारीका बेला आन्दोलन नगर्ने कि भनेको जनताका पक्षमा सरकारले काम गरेन।’

उनले संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए।

‘यो गैरजिम्मेवार र संवेदनशीलहीन सरकार हो। मान्छेको जीवनमा हे लचक्राइँ गरेको छ। मानिसको जीवन बचाउन हरसंभव प्रयास गर्नुपर्नेमा त्यसो भएन,’ उनले भने, ‘संसदमा अब हंगामा गर्नुपर्छ। दसैंलगत्तै आन्दोलन गर्नुपर्छ।’

सरकारलाई जनताका पक्षमा काम गर्न बा’ध्य बनाइछाड्ने देउवाले बताए। – सेतोपाटीबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 16, 2020
Loading...