काठमाण्डौ बाट सिराहा जादै गरेको बस सिन्धुलीमा दुर्घटना, ३ को मृत्‍यु ७ गम्भीर घाइते

असोज १८ ,सिन्धुली । विपी राजमार्गको नेपालथोकमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका कारण बस दुर्घटना भएको नेपालथोक प्रहरीले जानकारी दिएको छ । काठमान्डौ बाट दशैको यात्रुलिएर सिराहा जादै गरेको मिनी बस आज( शनिबार) बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा निधन भएका तीनजनाको सनाखत भएको छ । । नेपालथोक प्रहरीका सई रवीन्द्र खड्काका अनुसार, दुर्घटनामा सिरहा जिल्ला इनरुवा ८ का ३५ वर्षीय रामअवतार पाण्डित, सप्तरी जिल्ला राजविराज ७ की २१ वर्षीया लक्ष्मी देव र बसका मालिक करिव ३५ वर्षीय दलबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य गम्भीर सात जना घाइतेको धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको र अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घर पठाइएको छ । मिनिबसमा करिव २८ जना यात्रु भएको जनाइएको छ । दुई दिनदेखि सवारी चापका कारण घाइतेलाई अस्पताल पठाउन निकै समस्या परेको थियो । शनिबार विहानदेखि नै विपी राजामार्गमा लामो जामका दृश्य देखिएको छ ।

तस्बिर – दुर्घटना भएर सडकमै पल्टिएको बस दुर्घटना पछी उठाएर सडकै छेउमा राखिएको अवस्थामा ।

प्रकाशित मिति October 5, 2019