शिलालेखमा नाम नराखेपछि चर्को विवाद, मेयर-उपमेयरबीच हात हालाहाल

धनगढी, कार्तिक १ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको वडा भवन उद्घाटन समारोहमा त नाव सिर्जना भएको छ । नगरपालिका वडा नम्बर ७ को भवन उदघाटन कार्यक्रममा शिलालेखमा आफ्नो नाम नदेखेपछि उपमेयरले चर्को बिरोध गरेकी हुन् ।

मेयर ममताप्रसाद चौधरीले शिलालेख अनावरण गर्न सुरु गरेपछि उपमेयर प्रेमकुमारी थापाले विरोध गर्दै शिलालेखमा ढुंगा बजार्नुका साथै थु’केपछि विवाद चर्केको थियो ।
मेयर र उपमेयरको विवाद चर्केपछि कार्यक्रममा उपस्थिति सुरक्षाकर्मीले स्थिति साम्य पारेका थिए ।

उपमेयर थापाले पूर्वाग्रही ढंगले शिलालेखमा आफ्नो नाम नराखेकोमा आ क्रोश उठेको प्रतिक्रिया दिएकी छिन् ।

‘शीलालेखमा आफ्नो नाम राख्न बारम्बार आग्रह गरेकी हुँ’ उममेयर थापाले भनिन, ‘तर मेयर र प्रशासकीय अधिकृतले मेरो अनुरोध बाइपास गरेपछि रि स उठेको हो ।’

विवादकै बीच वडा भवनकाे उदघाटन कार्यक्रम भने सम्पन्न भएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 17, 2020
Loading...