ठुलो परिमाणमा लागुऔषधसहित सिन्धुलीबाट २ जना पक्राउ

सिन्धुली, कार्तिक २, सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका – ३ का ३१ वर्षिय राजेश राम र सोहि ठाउँ बस्ने २९ वर्षिय राम अयोध्या छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका १ अन्तर्गत वि पि राजमार्गको दुम्जा स्थित बर्दिवास बाट काठमाण्डौ हिँडेको ना.१ ज. ६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको सिटमा लागुऔषध फेला परेको सिन्धुली प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट भिर्ने झोला भित्र नाईट्रोभेट ५० पत्ता १५०० पिस, एम्पुलः डाईजोपाम ८२५ पिस, नोर्फिन ९२६ पिस, फिनारगन ८०६ पिस गरी जम्मा ४०५७ पिस लागुऔषध फेला परेको सिन्धुली प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय, सिन्धुली

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 18, 2020
Loading...