असोज १८,
मरिणमै पहिलो पल्ट आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको मरिण गोल्डकप २०७६ फुटबल प्रतियोगिताको हिजो भएको फाइनल खेलमा आयोजकले दुई विदेशी खेलाडी सहित मैदानमा उत्रिएको हरिहरपुरगढी युबा क्लबलाई १-० गोल अन्तरले हराएको थियो । खेल हारे संगै हरिहरपुरगढीका समर्थकहरुले आयोजक टिमका खेलाडीहरुलाई कुट्पिट गरेका थिए, खेल सक्किना साथ मैदानमै छिरेर समर्थकहरुले प्रहरीकै अगाडि खेलाडीहरु माथी आक्रमण गरेका थिए । सोही बिषयलाई लिएर आज कपिलाकोटमा विरोध प्रदर्शन भएको छ ।
प्रतियोगिता आयोजक मरिण गाउपालिका-७ नमो: बुद्द युबा क्लबका पदाधिकारी, स्थानिय र समर्थकहरुले आज बिहानै कपिलाकोट स्थित मरिण गाउपालिका कार्यालय , प्रहरी कार्यालय, र बजार क्षेत्रमा बिरोध प्रदर्शन गरेका थिए ।
उनिहरुले प्रदेश सान्सद बसन्त माझी र गाउपालिका अध्यक्ष पानीराज बम्जन र प्रहरिकै अगाडि विना कारण खेलाडीहरुले कुटाइ खादा पनि कारवाहीको लागि कुनै चासो नदेखाएको भन्दै प्रहरी प्रशासन र उनिहरु बिरुद्द नारावजी गरेका थिए । उनिहरुले शान्ती सुरक्षा कायम गर , गुण्डागर्दी बन्द गर , खेलाडी कुट्नेलाई कार्वाही गर भन्दै लेखिएको ब्यानर सहित प्रदर्शन गरेका थिए ।
प्रतियोगिता सुरुदेखिनै विबादरहित भए पनि फाइनलमा भने त्यस्तो हुन सकेन ।