भाटभटेनीद्वारा लाइसेन्स नभएको खसीको मासु बिक्री

काठमाडौं, कार्तिक ३ । भाटभटेनी सुपरमार्केटले खाद्य लाइसेन्स नभएको खसीबोकाको मासु विक्री गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रीमा राखिएको मासुको खाद्य लाइसेन्स नभएको पाइएको हो ।

महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभटेनि सुपरमार्केटमा अनुगमन गरेको थियो । महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर ब मले खाद्य लाइसेन्स नभएको मासु विक्रीका लागि राखिएको पाइएको बताए ।

लाइसेन्स नलिई विक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य लाइसेन्स तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत ब मले बताए ।   

भाटभटेनी सुपरमार्केटले नेपालगंजबाट खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु विक्री गर्दै आएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 19, 2020