२४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण, ४० हजारभन्दा बढी पुगे सक्रिय संक्रमित

काठमाडौं, कार्तिक ३ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।

हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

देशमा कुल संक्रमितमध्ये ६९.५ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 19, 2020
Loading...