प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा राखिने

काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले संघीय सरकारले गरेको निर्णयअनुसार नै प्रदेशका सरकार र स्थानीय तहहरूलाई पनि कोरोना कोषमा दसैं भत्ता वापतको रकम जम्मा गर्न आग्रह गरेका थिए ।                         

सरकारले सांसदहरूलाई कोरोना महामारीको बेलमा भत्ता दिएको भनेर आलोचना भएपछि सांसदहरूले उक्त भत्ता फिर्ता गरेका थिए । यससँगै प्रधानमन्त्री र मन्त्रीरहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय गरेका हुन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 19, 2020
Loading...