कम्मरबाट पेस्तोल निकाल्न नपाउँदै असई गोविन्दको ह’त्या भएको प्रहरी निष्कर्ष

काठमाडौ/ धनगढी, कार्तिक ३ । धनगढी उपमहानगरपालिका-१२ जुगेडामा २०६५ सालमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो।

साधारणतया चौकीमा खटाइने अधिकतम् प्रहरीको जनशक्ति पनि यति नै हो। जुगेडा नेपाल-भारत सिमाना हो। भारततर्फ पलिया बजार छ। पलियाबाट वारि जुगेडा करिब ३० किलोमिटर टाढा पर्छ।

दुवै देशको सीमा छुट्याउने मोहना नदीले हो। जुगेडाबाट नदी करिब साढे पाँच किलोमिटर हो। मोहना पारि भने लामो दूरीसम्म जंगल छ। बीचमा बस्ती पनि छन्। मोहना नदीमा शनिबार राति जुगेडा प्रहरी चौकीका इञ्चार्ज असई गोविन्द विकलाई ह त्या गरी फा लिएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार यो तस्करी हुने क्षेत्रले चिनिन्छ। यो ठाउँमा किराना सामान र कपडा तस्करी अत्यधिक हुने गरेको छ। चौकीमा विक तीन महिनाअघि मात्र गएका थिए।                                                                     

अहिलेसम्मको प्रहरी अ नुसन्धान तस्करी गर्ने समूहबाटै असई विकको ह त्या गरेकोमा निश्चिन्त छ। सो ठाउँमा विकले तस्करीविरूद्ध आ क्रामक का रबाही गरिरहेका थिए।

‘उनी गइकन गस्ती निस्किने र चो री तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएको देखिन्छ,’ प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह भन्छन्। उनका अनुसार वारपार गर्न पुल नभए पनि नदीमा पानीको सतह कम रहेका कारण आउजाउ कठिन हैन।

सुदूरपश्चिम प्रदेशले गत असोज २४ गते चाडवाडलक्षित सुरक्षा योजना ल्याएको थियो। त्यसमा मोबाइल तथा मोटरसाइकल गस्ती थियो। प्रदेश प्रहरीले चाडवाडलक्षित सुरक्षा योजना ल्याएपछि असई विक सक्रिय रुपमा तस्करी रोक्न खटिने गरेका थिए।

असई विक चौकीबाट निस्किँदा ८ बजेको थियो।

उनले दाङ बान्नीगढी-जयगढ गाउँपालिका-५ घर भएका ३२ वर्षीय प्रहरी जवान रामबहादुर साउँद साथमा लगेका थिए।

दुबै जना बा५८प ५२८४ नम्बरको मोटरसाइकल लिएर गस्तीमा निस्केका थिए। दुवै बर्दीमै थिए। मोटरसाइकल असई विकले नै हाँकेका थिए। दुईमध्ये असई विकले साथमा चाइनिज पे स्तोल बोकेका थिए।

तस्करी नियन्त्रणमा खटिने प्रहरीमाथि सुरक्षा चु नौती रहन्छ। तर, तस्करी नियन्त्रणकै क्रममा प्रहरी मा रि एको यो घटना भने दु र्लभ हो।

खोलानजिक पुग्नेवित्तिकै ह त्या

माओवादी सशस्त्र द्वन्द्वकालमा प्रहरीलाई नि यन्त्रणमा लिएर ह त्या गरिन्थ्यो। असई विकलाई पनि नियन्त्रणमै लिएर ह त्या गरिएको हो कि भन्ने शं का पनि छ।

शान्ति प्रक्रिया सुरू भएपछि प्रहरी ह त्याको शृंखला रोकिएको थियो। अ प राध र तस्करी नियन्त्रणमा खटिने बर्दीधारी प्रहरीको ह त्याले द्व न्द्वकालको घटनालाई पुनरावृत्ति गरेको झल्को दिएको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीका अनुसार यो मोटरसाइकल चौकीबाट अढाइ किलोमिटर पर भेटिएको छ। विकको श व साढे पाँच किलोमिटर पर खोलामा भे टिएको छ।

भेटिएको र खोलाको बीच ठाउँमा मोटरसाइकल दौडाएको देखिएको छैन। बीच बाटोमा मोटरसाइकल रोकेर असई विक र जवान साउँद पैदलै हिँडेर गएका देखिएको छ।

खोलाबाट सामान वारि ल्याउने तस्करको समूह सक्रिय भएका कारण उनीहरू नाका छेक्न पैदल गएका थिए। उनीहरू खोलै छेउमा पुगेर तस्कर र सामान नियन्त्रणमा लिने उद्देश्यले गएको देखिन्छ।

‘खोलावारि करिब तीन सय मिटर ठाउँमा असई र जवान पुगेपछि त स्कर समूहबीच घ’म्साघ’म्सी भएको देखिन्छ,’ डिआइजी सुवेदीले भने। उनका अनुसार ब र्दीधारी प्रहरी ह त्यामा विशिष्ट आ पराधिक म नोवृत्ति देखिन्छ।

दुवै जना राति ११ बजेसम्म सम्पर्कमै देखिन्छन्। ११ बजेपछि उनीहरूको सम्पर्क टुट्छ ।

तस्करी गर्ने समूह असईसँग चिढिएको भने हो। तस्करको ‘प्रि प्लान’ भने देखिँदैन। ‘मु ठभेड भएको देखिन्छ, तस्करको समूह १० जनासम्म देखिन्छ,’ सुवेदीले भने। सुवेदीका अनुसार त्यो समूह नेपालमै नै छ र नेपालकै त स्करबाट असईको ह त्या भएको छ।

असईले गो ली किन चलाउन सकेनन्?

तस्करी गर्ने समूह बढी संख्याको थियो र त्यसले असई र जवानलाई तुरुन्तै नियन्त्रणमा लिन सक्यो?

अ नुसन्धानको अर्को पाटो यसतर्फ पनि छ। सुवेदी भन्छन्, ‘मृ तक असईले कम्मरबाट पेस्तोल निकालेर फा यर गर्न असमर्थ रहे।’ उनका अनुसार दुवै प्रहरीको ह त्या भइसकेको छ। जवानको श व भेटिन बाँकी हो।

‘फा यर खोल्न मात्र सकेको भए पनि उनको ज्यानको थोरबहुत सु रक्षा सक्थ्यो,’ सुवेदीले भने, ‘उनले ह तियार चलाउन सकेनन्, त्यसैले नदीभन्दा अगाडि नेपालतर्फ नै दुवै प्रहरीको ह त्या गरियो।’

ह त्यापछि खोलामा फालिएका अ सईको साथमा रहेको पे स्तोल छैन। तस्करको समूहले उनको पे स्तोल लु टेर लगेको सुवेदीले बताए।

सुवेदीले प्रहरीको ह त्या गर्ने समूह पहिचान भइसकेको बताए। ‘शं कास्पद ११ जना प क्राउ परिसकेका छन्, ह त्या गर्ने तस्कर नेपाली हुन्, भारतीय त स्करसँग उनीहरूको सम्पर्क सम्बन्धबारे अ नुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘एक-दुई दिनभित्रै र हस्य प’र्दा’फास गर्छौं।’

को हुन् असई विक?

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ सुकुम्बासी बस्तीमा जन्मेका २८ वर्षीय विक पढाइमा अब्बल थिए।

एसएलसी पास गरेपछि छात्रवृत्तिमा नाम निकालेर उनले प्लस टु र स्नातक गरेका थिए। ७ वर्षको छँदा उनका बुवा बिते। आमाले ज्याला मजदुरी गरेर घर चलाउँथिन्।                           

‘आमाको दुःख देखेका कारण परिवारप्रति उत्तरदायित्व छ भन्ने भाव उहाँमा थियो,’ उनका भाइ पवन विक भन्छन्, ‘सँगसँगै देश र जनताको निम्ति काम गर्ने मनोकांक्षा पनि।’

असई विक जन्म दिने आमा र मातृभूमिलाई ‘राम्रो’ बनाएर राख्छु भन्ने गर्थे। असई विकले २०७३ सालमा दीपायलबाट प्रहरी सहायक निरीक्षकमा नाम निकालेका थिए।

१४ महिनाको तालिमपछि उनी सुर्खेतको वीरेन्द्रनगरस्थित आग्री प्रहरी चौकीमा खटिए। त्यहाँ १८ महिना काम गरे। विक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ८ दिन बसेपछि तीन महिनाअघि अस्थायी प्रहरी चौकी जुगेडाको इन्चार्ज भएर गएका थिए।

जागिर खानुअघि नै उनको बिहे भइसकेको थियो। उनको बिहे भएको १० वर्ष भएको छ। उनका दुई छोरी ५ र ३ वर्षका छन्।

उनी इमान्दार थिए। प्रहरीमा इमान देखाउँदै उनी प्रहरी निरीक्षक बन्न चाहन्थे। प्रहरी निरीक्षकका लागि काठमाडौंमा शरीरिक र स्वास्थ्य परीक्षण गराएर असोज ६ गते उनी धनगढी फर्केका थिए। उनी शारीरिक र स्वास्थ्य परीक्षणमा पास भइसकेका थिए।

असई विक घरपरिवारसँग १५ दिनअघि मात्र भेटघाट गरी फर्केका थिए। उनी हप्तामा एकपटक धनगढीमा डेरा गरी बसेकी श्रीमती र छोरीलाई भेट्न जाने गरेका थिए।

श्रीमती बिरामी भएका कारण उपचारका लागि धनगढीमा डेरा गरी बस्थिन्। ‘हामी सबैलाई आड दिने व्यक्ति हुनुहुन्थ्यो, दाइ हाम्रो भरोसा हुनुहुन्थ्यो,’ भाइ पवनले भने।

सोमबार साँझ उनको पुनर्वास नगरपालिका–९ मै पर्ने दोदा नदीमा अ न्तिम सं स्कार गरिएको छ। उनको पा र्थिव श रीरमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदीले नेपाल प्रहरीको झण्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरे।

प्रहरीमा सेवा गर्दागर्दै ज्यान गु माएका उनको परिवारलाई अमर प्रहरीको परिवारका हैसियतले संगठनले मूल्यांकन गर्ने सुवेदीले बताए। – सेटोपातीबाट ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 19, 2020
Loading...