एजेन्सी : अमेरिकाको अलास्का राज्यमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। अलास्काको स्याण्ड प्वाइन्टनजिक गएको भूकम्पका कारण ४ फिटसम्मको सुनामी आएको राष्ट्रिय सुनामी चे तावनी केन्द्रले जनाएको छ।
केन्द्रका स्कट लांगलेले अलास्काको ५ सय माइल तटीय क्षेत्रमा सुनामीको सम्भावनाबारे निगरानी गरिरहेको जनाएका छन्। यसअघि भूकम्प जानेबित्तिकै प्रशासनले अलास्का प्रायद्विप र दक्षिण अलास्कामा सुनामीको चेतावनी जारी गरेको थियो।
भूकम्पपछि ५.९ र ५.८ म्याग्निच्युडका परकम्पन गएको बताइएको छ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 20, 2020