धनगढी, कार्तिक ४ । बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृ त भेटिएका छन्।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको श व पनि इन्चार्ज असई गोविन्द बिकको श व भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको श व नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको श व फेला परेको मोहना नदीमै साउँदको श व भेटिएको जानकारी दिए ।
अहिले घ टनास्थलमा मु चुल्का बनाउने काम भइरहेकाले श व नदीबाट निकालिएको छैन् । गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेप त्ता भएका थिए ।
विकको श’व वि भ त्स ह त्या गरेको अवस्थामा भेटिएको थियो भने पक्राउ परेका अ भियुक्तहरुले प्रहरी जवान साउदको समेत ह त्या गरी नदीमा फा लेका बयान प्रहरी समक्ष दिएका छन्।
उनीहरुले सुरुमा जवानकै ह त्या गरी नदीमा फा लेको र पछि असइको ह त्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 20, 2020