जसपा संघीय परिषद अध्यक्ष बने डा. बाबुराम भट्टराई

काठमाडौं, कात्तिक ४ । जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ। सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो।

बैठकपछि बुधबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताएका हुन्।

यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ। त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए। त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावलीसमेत पारित गर्ने काम बैठकले गरेको छ।         

बैठकले को भिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ। यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम को रोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरी लामो समयदेखि जे लमा रहेकाले उहाँको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरु समेत विभिन्न झु ठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 20, 2020