रामकुमारी झाँक्रीको प्रश्न – केही नगर्ने यो सरकार केका लागि ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ एवंम सांसद रामकुमारी झाँक्रीले हाल जनताको सुरक्षा र स्वास्थ्य भन्दा अरु सरकारको प्राथमिकता के हो भन्दै प्रश्न गरेकी छिन। सामाजिक सञ्जाल टुइटरमा झाँक्रीले सरकारलाई प्रश्न गरेकी हुन्।

जनताको सुरक्षा र स्वास्थ्य उपचार बाट पन्छिन खोज्ने सरकार के का लागि ? के म हामारी नियन्त्रण गर्न सरकार पुर्णतया असफल भएको हो? यदि हो र अब यसरी नै जाने हो भने सार्वजनिक ज़िम्मेदारी र दायित्व लिन पर्दैन? उनको प्रश्न छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

सरकारले सबै को रोना सं क्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेकै बेला शर्माले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।                                   

प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेख्दै जनताले कर तिर्दिनँ भने देश कसरी धान्ने भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका छन् ।

उनले भनेका छन् ‘उपचार गर्दिनँ’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिनँ’ भने कसरी धान्ने सम्माननीय प्रधानमन्त्रीज्यू ? उपचार निःशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’को बुलन्द जनअभियान सा’म’ना गर्न तयार बस्नोस् ! जय नेपाल !’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 20, 2020
Loading...