उपचार नपाए नागरिकले कर नतिर्ने अधिकार छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म हामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिरेको बताएका छन्।

म हामारीमा जनताको निःशुल्क उपचार राज्यको आधारभूत दायित्व भएको उनले ट्विटमा उल्लेख गरेका छन्। सरकारले आफ्नो दायित्व पुरा नगरे ‘कर तिर्दिनँ पनि भन्न पाउने’ नागरिकको अधिकार रहेको उनले दाबी गरे। संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा परिभाषित गरेको उनले स्मरण गराए।

सरकारकै हे’लचे’क्र्याइँले को रोना भा इरस समुदायस्तरमा फैलिएको देउवाले आरोप लगाए। संक्रमति भएका सर्वसाधारणको निःशुल्क उपचार नगर्ने सरकारी निर्णय गैरजिम्मेवार र संविधानको ठा डो उल्लंघन भएको देउवाले बताए।

सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको आदेश पालना गर्न उनले सरकारसँग माग गरेका छन्।  हेर्नुहोस काङ्ग्रेस सभापति शेर बहादुर देउवाको ४ ट्विट –

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 21, 2020
Loading...