स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हात पारेका छौं

काठमाडौं, कार्तिक ०५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विषम परिस्थितिमा पनि सरकारले कोरोना नियन्त्रणमा सफलता हात पारेका बताएका हुन्।

मन्त्रालयको एक वर्षको प्रमुख उपलब्धि उल्लेख गर्दै प्रवक्ता गौतमले को रोना म हामारी सुरू भएसँगै स्वास्थ्य क्षेत्रमा रहेका सम्पूर्ण जनशक्तिलाई को रोना नियन्त्रणमा केन्द्रित गरिएको जनाए।

उनले परीक्षण क्षमतालाई २५ हजार पुर्‍याएको र अस्पताल बेडलगायत आपूर्ति व्यवस्थापनलाई समेत चुस्त बनाइएको बताए।                                                                             

साथै, को रोना नियन्त्रणका लागि मन्त्रालयले ४३ वटा मापदण्ड तथा निर्देशिका तयार गरी कार्यान्वयन गरिएको गौतमले उल्लेख गरे।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 21, 2020