प्रधानमन्त्री र रअ प्रमुखको भेट आपत्तिजनक छ : भीम रावल

काठमाडौं, कात्तिक ६ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट कूटनीतिक मर्यादा विपरीत र आ’पत्तिजनक भएको उल्लेख गरेका छन्।

बिहीबार एक ट्विट गर्दै नेता रावलले रअ प्रमुख गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भेटलाई कूटनीतिक मर्यादा विपरीत र आ’पत्तिजनक भएको उल्लेख गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले रअ प्रमुख गोयलसँग भेट गरेको पुष्टि गरेपछि नेता रावलको यस्तो धारणा सार्वजनिक भएको हो।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आ’पत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ,’ नेता रावलले ट्विटमा उल्लेख गरेका छन्।

नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको सचिवालयले भने रअ प्रमुखसँग भेट नगरेको दाबी गरिसकेको छ। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सभापति शेरबहादुर देउवासँग रअ प्रमुख गोयलले भेट नगरेको दाबी गरेको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 22, 2020