रअ प्रमुखलाई भेटेपछि नक्साबाट लिम्पियाधुरा गायब ?

काठमाडौँ, कार्तिक ०७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ ।

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसकेको छ ।                                                                                     

तर, प्रधानमन्त्री ओलीले नै नेपालको नयाँ नक्साको साटो पुरानो नक्सा प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? त्यस्तै, @iamraagi ले यस प्रशंगलाई प्रधानमन्त्री र रअ प्रमुखबीचको भेटसँग जोडेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 23, 2020
Loading...