निवर्तमान सभामुख महरा सरकारी निवासबाटै पक्राउ, दशैं प्रहरी हिरासतमै बित्ने

असोज १९, काठमाण्डौ ।

निवर्तमान सभामुख तथा पुर्व गृहमन्त्री कृष्ण बहादुर महरा सरकारी निवास बालुवाटार बाटै पक्राउ परेका छन । बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि प*क्रा*उ गरिएको जनाएको छ । काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिएको हो ।

सरकारको सुरक्षा घेरा भित्रै बाट सभामुख पक्राउ गरिएको यो नेपालको पहिलो घ*ट*ना हो। संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि प्रहरी प्रधान कार्यालयको निर्देशनमा महरालाई सिंहदरबारमा राखिएको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई प*क्रा*उ गर्न अनुमति दिएको थियो। प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पू*र्जी जारी गर्न दिउँसो निवेदन दिएको थियो।

बयान दशैंपछि मात्र

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसारमहराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ ।

दशैंपछि अदालत खुल्नेछ र म्या*द थप गर्नेछौं,  त्यसपछि सरकारी वकिलको रोहबरमा बयान लि’ने’छौं । अदालतको दशैं विदा २६ गतेसम्म छ । अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ । घटनाको मु*द्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ । ‘परिसरले मु*द्दा टेकओभर गरेको हो’, एसएसपी सुवेदीले भने, ‘यहाँ प्रहरीको अस्थायी बसाई भएकाले सिंहदरबारमै राखिएको हो ।’

आरोप पुष्टि भए ५ वर्षसम्म कैद

महरामाथि १२ असोजमा संसद सचिवालयकी कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेको छ । यो आरोपसँगै उनको सभामुख प*द त गयो नै, प्रहरी हिरासतमा आइपुगेका छन् । यो आ*रो*प पु*ष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ ।

प्रहरीकाअनुसार उनी वि*रु*द्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ ।आरोप पु*ष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ । मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पु*ष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ ।

जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कै*द हुने व्यवस्था छ।

प्रकाशित मिति October 6, 2019