सामाजिक दूरी कायम गरी दशैं मनाऔं : राष्ट्रपति भण्डारी

काठमाडौं, कार्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न सबैसँग आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बडादशैँ २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले को रोना भा इरसको जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गर्न पनि सबैसँग आग्रह गरेकी हुन् ।

सन्देशमा आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व भएको उल्लेख छ ।

दशैं पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् ।

टीकाका अवसरमा शितल निवासमा सर्वसाधारणलाई लगाईदिने कार्यक्रम भने यो वर्ष स्थगित गरिएको छ।

प्रकाशित मिति October 26, 2020
Loading...