रबि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्ठि


काठमाडौं, कार्तिक १३ । चर्चित टेलिभिजन प्रस्तोता तथा पत्रकार रबि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्ठि भएको छ ।

बिहिवार बिहान सामाजिक सञ्जालबाट जानकारी दिदैं पत्रकार लामिछानेले मंगलवार सामान्य लक्षण देखिएकोले हिंजो आफ्नो र श्रीमती निकिताको स्वा व परीक्षण गरेको र आज दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको बताएका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ ला परबाही नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्– गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ।

हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै ला परबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल ला परबाही नगरौं।’                                                                             

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 29, 2020
Loading...