बर्दिबासमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

बर्दिवास, कार्तिक १५ । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरी बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् ।

बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चु डाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झु ण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हा नेर उद्दार गरेका थिए ।

त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उनको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उपशाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जानकारी दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 31, 2020