प्रहरी पुग्दा सभामुख निवासमा खसी काटेर भोज खाँदै थिए महरा

काठमान्डौ,

बलात्कार आरोपित सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आइतबार अपराह्न पौने ५ बजेतिर प्रहरी टोली बा१झ ७८६२ नम्बरको गाडी लिएर बालुवाटारस्थित सभामुख निवास पुगेको थियो।

दुई जना प्रहरी गाडीबाट ओर्लेर सभामुखको गेट ढकढक्याउन थाले। भित्र गएर उनीहरूलाई प*क्रा*उबारे महरालाई जानकारी गराए। त्यति बेला महरा आफन्तहरूलाई दसैं भोज खुवाउँदै थिए। ‘उहाँले आज अष्टमीको दिन भएर ख*सी पनि काट्नुभएको रहेछ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रहरीहरू सभामुख निवासभित्र पुगेर पनि उहाँलाई पक्राउ गर्न ढिलाइ हुनुको कारण त्यहाँ चलिरहेको भोज पनि हो।’

दुई जना प्रहरी पुगेको एक घन्टापछि प्रहरीको अर्को टोली त्यहाँ गएको थियो। निवासमा सु*र*क्षा व्यवस्था कडा पारिएको थियो। गाडी चढ्ने बेला महराले प्रहरी भ्यानमा निस्कन आ*ना*का*नी गरे। ‘म तपाईंहरूले ल्याएको गाडी चढदिनँ, आफ्नै गाडीमा प्रहरी कार्यालय जान्छु,’ पक्राउ बेला महराको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने, ‘बरू मेरै गाडीमा प्रहरीलाई पनि राख्नुस्।’

शुक्रबार तिनै महिलाले महराले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर महरालाई प*क्रा*उ गर्न का*नु*नी प्रक्रिया अघि बढाए।

आइतबार जिल्ला अदालत काठमाडौंले महरालाई पक्रन प*क्रा*उ पुर्जी जारी गर्यो। त्यसको केही घन्टामै महरा पक्राउ परे। महरालाई सिंहदरबार प्रहरी वृतमा राखिएको छ। त्यसअघि उनको वीर अस्पतालमा स्वा*स्थ्य परीक्षण गरिएको थियो।

रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी, 

संसद् सचिवालयमा कार्यरत एक कर्मचारी रोशनीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो। प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन। रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार प्रहरीले त्रुटी रहित हुने गरी अनुसन्धान गरिरहेको छ।

प्रहरीकाअनुसार उनीविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पुष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ ।

संहिताको परिच्छेद १८ मा रहेको जबरजस्तीकरणी सम्बन्धी क*सू*र सम्बन्धी दफाको उपदफा ३ (ङ) मा पीडित १८ वर्ष वा सोभन्दा बढी उमेरको महिला भए सात वर्षदेखि १० वर्षसम्म कै*द सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

महरा प्रकरणमा पीडितको उमेर १८ वर्षभन्दा बढी भएकाले यो व्यवस्था लागू हुनेछ । तर, सात वा १० वर्ष कुनलाई आधार मान्ने भन्ने विषय चाहिँ अपराधको प्रकृति हेरेर न्यायाधीशले तोक्नेछ ।

प्रकाशित मिति October 6, 2019
Loading...