काठमाडौं लैजाँदै गरेको पटाका सिन्धुलीमा बरामद

सिन्धुली, कार्तिक १९ । राजविराजबाट काठमाडौँ जान लागेको बा ४ ख ५०६२ नम्बरको माइक्रोबसबाट सिन्धुली प्रहरीले पटाका, झिरझिरे, हाइड्रो चकलेट ब म, आतिसवाजीलगायत सामाग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, कमलामाई नगरपालिका – ४ हिरापानीमा प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीको नेतृत्वमा खटिएका पाँच जना प्रहरीको टोलीले सुरक्षा जाँच गर्ने क्रममा गाडीको छतमा लु काई काठमाडौँ लैजान लागेको अवस्थामा पटककालगायत सामाग्री बरामद गरेको हो ।

गाडीको छतबाट नागिन पटाका तीन व्याण्डल, कोवरा पटाका ११ व्याण्डल गरी १४ व्याण्डल, विभिन्न साईजका गमला २० वट्टा, विभिन्न साईजको भुईचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट ब म २० प्याकेट, आतिसवाजी फलाइन दुई प्याकेट बरामद गरिएको छ ।

बरामद गरिएका अवैध वस्तु स्थानीय प्रतिनिधिसमेतको उपस्थितिमा खाल्टोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।                                       

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 4, 2020
Loading...