रास्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवाणेलाई आज मानार्थ महारथी पदवी दिने

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई आज मानार्थ महारथीको दर्जा दिइँदैछ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा वुधवार नेपाल आएका सेनाध्यक्ष नरवणेलाई अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ ।

सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो।

नेपाली सेनाका तर्फबाट भने त्यसको ठीक १९ वर्षपछि अर्थात् सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए। हालसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरिसकेका छन्। र १८औं मानार्थ महारथीको पदवी बिहीबार नरवाणेले पाउँदैछन्।                                               

नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाएका छन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 5, 2020
Loading...