आर्थिक अवस्था कमजोर देखेर अस्पतालले उपचार नगरेपछि संक्रमित महिलाले गरिन् आ’त्मह’त्या

मोरङ । आर्थिक पाटो कमजोर देखेर अस्पतालले उपचार गर्न नमानेपछि मोरङमा एक कोरोना संक्रमित महिलाले आ’त्मह’त्या गरेकी छिन् । मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय महिलाले आ’त्मह’त्या गरेकी हुन् ।

नियमित डायलाइसिसका क्रममा को रोना संक्रमण पनि पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा दैनिक उपचार खर्च वापत १८ हजार रुपैयाँ माग गरेको थियो । उपचार खर्च ब्यहोर्न नसकेपछि घर ल्याइएकी उनले झु ण्डेर आ’त्मह’त्या गरेकी हुन् ।

उपचार गराउन सकिन्छ कि भनेर धेरै प्रयत्न गर्दा पनि सम्भव नभएको श्रीमान टेकबहादुर मगरले बताए । संक्रमितले उपचार खर्च नपाएको बिषयमा ढिलो गरी जानकारी आएकाले सहयोग गर्न नसकेको जनप्रतिनिधिले बताए ।                                   

मगरले दशैंको टीकाको दिन आ’त्मह’त्या गरेकी हुन् । मगर परिवारको आर्थिक उपार्जन हुने अरु बलियो आधार नहुँदा नरमायाले आ’त्मह’त्या गरेको स्थानीयको भनाइ छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 5, 2020