सिन्धुलीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय पुरुष रहेका छन् ।

कोरोना संक्रमित एक पुरुषको सिन्धुली अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ३ बजे मृ त्यु भएको हो ।
एक साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल भर्ना भएका ती पुरुषलाई बुधबार राती सिन्धुली अस्पताल ल्याइएको थियो ।

आर्थिक अभावका कारण केएमसी अस्पतालमा उपचार गर्न सम्भव नभएपछि सिन्धुली ल्याइएको परिबारका सदस्यले जनाएका छन ।

उनीहरुका अनुसार काठमाडौंमा भ्यान्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ४० हजार बढी खर्च आउने तर उक्त रकम उपचार खर्च व्यवस्थापन गर्न नसकेपछि सिन्धुली फर्काइएको उनीहरुको भनाइ छ ।

मृतक ती व्यक्तिलाई राती १० बजे सिन्धुली अस्पताल ल्याइएकोमा बिहीबार बिहान मृ त्यु भएको अस्पतालले निकालेको सूचनामा छ ।

सिन्धुलीमा यसअघि आइतबार राती को रोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई ६ पानीट्याङकी निबासी एक ८४ वर्षीया वृद्धाको पनि मृत्यु भएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिका कोरोना संक्रमणमा अत्यन्तै उच्च जो खिममा रहेको नगर हो । को रोना संक्रमण उच्च रहेका देशका २२ स्थानीय तहमध्ये सिन्धुलीको कमलामाई नगरपालिका पनि परेको छ ।

यस्तै दुधौली नगरसहित सुनकोसी गाउँपालिका र तीनपाटन गाउँपालिका कोरोनाको उच्च जो खिममा छन ।

श व व्यवस्थापनमा अवरोध

यसैबीच, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएकाको श व व्यवस्थापनमा स्थानीयले अ वरोध गरेका छन् । को रोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएका सिन्धुलीको कमलामाई नगरपालिका ५ जरायोटारका ४८ वर्षीय एक पुरुषको शव अ न्त्येष्टि गर्नेक्रममा स्थानीयले अ वरोध गरेका हुन् ।

सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले कमलामाई नगरपालिका ५, ६ र ७ को संगमस्थल गडौंली घाटमा अ न्त्येष्टि गर्न लागेपनि स्थानीयले अवरोध गरेपछि रोकिएको हो ।                             

सयौंको संख्यामा जम्मा भएका स्थानीयले श व गाड्न खाल्टो खन्न पुगेको कमलामाई नगरपालिकाको ब्याकलोरलाई खाल्टो खनिसकेपछि नि यन्त्रणमा लिएर अ वरोध गरेका हुन् ।

कोरोना संक्रमितको श व ल्याउँदै गरेको थाहा पाएपछि आ र्यघाटमै पुगेर विरोधमा उत्रिएका स्थानीय तथा शिक्षक कृष्णहरी ढुङ्गेलले कुनै हालतमा श व व्यवस्थापन गर्न नदिने चे तावनी दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 5, 2020