कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

काठमाडौं, कार्तिक २१ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।

स्वास्थ्य अवस्था ग म्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार सं क्रमण पुष्टि भएयता घरमा नै आइसोलेसन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था ज टिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई को रोना संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शं का व्यक्त गरेका थिए।               

उनलाई लक्षणसहितको को रोना पुष्टि भएको थियो।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 6, 2020