नेकपा विवादमा एक पक्षलाई साथ दिँदै रास्ट्रपति सक्रिय हुनु गलत : भिम रावल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति सोही पार्टीका नेताहरुले असन्तुष्टि जनाउन थालेका छन् ।

नेकपा स्थायी समिति सदस्य भीम रावलले ट्विट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको विवादको विषयमा परामर्श गर्नु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन भएको बताएका छन् ।

नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने समेत उल्लेख गरेका छन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई मात्रै साथ दिँदै राष्ट्रपति सक्रिय रहेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

नेकपा विवादका विषयमा राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको विषय बाहिर आएपछि त्यसको आलोचना हुँदै आएको छ ।       

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 6, 2020
Loading...