हप्तादिन देखी अबरुद्द खुर्कोट- घुर्मी सडक आजदेखि खुल्यो

 

साउन ३, खुर्कोट सिन्धुली

अबिरल वर्षाका कारण हप्तादिन अघिदेखि ठाँउ ठाँउमा पहिरो झरेर अबरुद्ध मध्यपहाडी लोकमार्ग आज (शुक्रवार) देखि सुचारु भएको छ । यो राजमार्ग अन्तर्गत पर्ने खुर्कोट–घुर्मी सडक खण्ड आज देखि दुइतर्फीनै खुलेको हो । हिजो (बिहिवार) साझदेखि एकतर्फी खुलेको यो राजमार्गका आधा दर्जन बढी ठाँउमा पहिरो गएर अबरुद्द थियो । झण्डै ६० किलोमिटर लामो रहेको यो सडकका धेरै ठाउँमा खसेको पहिरो पन्छाएपछि अहिले सवारीहरु बिर्वाध रुपमा गुडन थालेका छन । अविरल बर्षापछि गएको असार २६ देखि यो सडक बन्द हुँदा सिन्धुली, उदयपुर हुँदै विभिन्न गन्तब्यमा जाने यात्रुहरु पैदाल यात्रा गर्न वाध्य थिए । अब सडक खुले सँगै पैदल हिड्ने बाध्यता पनि टरेको छ ।

प्रकाशित मिति July 19, 2019
Loading...