सिन्धुली बस दुर्घटना : देव परिवारलाई दशैंमा दोस्रो बज्रपात

२० असोज, सप्तरी । मुलुक दशैंको रौनकमा डुबिरहेको बेला शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिका १ नेपालथोक स्थित विपी राजमार्गमा मिनी बस दुर्घटना भयो । सो दुर्घटनामा तीन जनाले ज्या*न गुमाए ।

मृ*त्यू भएका तीन जनामध्ये एक थिइन्, राजविराज ७ निवासी २३ बर्षीया लक्ष्मी देव । दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीको सिमानामा नेपालथोक नजिक विपी राजमार्ग दुर्घटना भएको थियो । दशैं मनाउन घरतर्फ आइरहेकी लक्ष्मीको दुर्घटनामा ज्या*न गएपछि परिवार शोकाकुल अवस्थामा छन् ।

लक्ष्मी काठमाडौंमा इन्जिनियरिङ्ग तेस्रो बर्षमा अध्ययनरत थिइन् । देव परिवारले ५ बर्षअघि पनि दशैंमा नै अर्का एकजना सदस्य गुमाएको थियो । २०७२ सालको दशैंमा मृ*त*क लक्ष्मीका दाजु जितेन्द्रनारायण देवको हत्या भएको थियो ।

२०७२ साल असोज ३० गते उनको शव बरहीबीरपुर गाविसको नहर छेउमा फेला परेको थियो । सीएमए पास गरेका देव रोजगारी नपाएपछि पसल चलाएर गुजारा गरिरहेका थिए । उनको २०७२ सालकै वैशाख १७ गते झापाको शिवगञ्ज निवासी विष्णुमाया देवसँग विवाह भएको थियो ।

पतिको वियोगमा बिष्णुमायाको पनि ज्या*न गइसकेको छ । ५ बर्ष बित्दा पनि उनको ह*त्याको कारण अझै खुल्न सकेको छैन भने ह*त्या*रा पनि पक्राउ परेका छैनन् । छोराको मृत्यूको घाउ आलै रहेका बेला दसैंको समयमा छोरीको पनिे दुर्घटनामा परी ज्या*न जाँदा बाबुआमाले अर्काे ब*ज्र*पा*त सहनुपरेको छ ।

स्थानीय गणेशलाल भन्छन्, ‘बृद्व आमाबुवाको आँशु अझै थामिएको छैन । उनीहरु कसैसँग बोल्न समेत तयार छैनन् ।’

चाडपर्वको बेला यस्तो बज्रपात कसैलाई नपरोस ।

प्रकाशित मिति October 7, 2019
Loading...