ओलीलाई भेट्नुअघि धुम्बाराहीमा छलफल गर्दै बहुमत सचिवालय सदस्यहरू

काठमाडौं । काठमाडौं–सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि नेकपाका बहुमत सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरिरहेका छन्।

बिहान ९ बजेदेखि सुरु भएको छलफल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको पार्टी कार्यालय स्रोतले जनाएको छ।

त्यसपछि प्रधानमन्त्रीलाई ओलीलाई भेट्न जाने नेताहरुले जनाएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो। सचिवालयका ५ सदस्यहरुले आज ओलीलाई भेटेर सचिवालय बैठकका लागि आग्रह गर्ने भएका हुन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 7, 2020
Loading...