घोडाबाट लडे मुख्यमन्त्री शाही, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत, कार्तिक २२ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।हुम्ला सदरमुकामबाट सिमकोटमा गाउँपालिका-३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडीगाउँ र लिमाटाङ्गको बीचमा पर्ने खोलामा घोडाबाट लडेर घाइते भएका हुन्।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चढाएर स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन्। मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले जानकारी दिए।

उनको टाउकोमा सामान्य चो’ट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको प्रेस सल्लाहकार धुब्र बुढाथोकीले बताए । ‘बाहिरी चो’ट खासै छैन । सिटी स्यानको रिपोर्ट आएपछि अरु कन्न सकिएला’ उनले भने ।                     

कार्यक्रममा मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 7, 2020
Loading...