बाइडेनलाई ट्रम्पको चेतावनी : नतिजा नआउँदै आफूलाई विजेता घोषणा नगर, कानुनी प्रक्रिया भर्खर सुरु भएको छ

काठमाडौं, कार्तिक २२ । अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन्।

केही बेरअघि ट्विट गर्दै वर्तमान राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर। त्यस्ताे दाबी म पनि गर्न सक्छु। कानुनी प्रक्रिया भर्खर सुरु भएको छ।’ तर उनी आफैंले चाहिँ दुईपटक आफूलाई विजयी घोषणा गरिसकेका छन्।

बाइडेनले मत धेरै ल्याएका राज्यमा ट्रम्पले चुनावमा धाँधली भएकाे भन्दै पुन: मत गणनाका लागि अदालतमा मुद्दासमेत हालेका छन्। कतिपय स्थानमा हाल्ने तयारीमा छन्।                 

अमेरिकामा आगामी ४ वर्षका लागि राष्ट्रपति निर्वाचित गर्न गत मंगलबार चुनाव भएको थियो। जसको मत गणना जारी छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 7, 2020