बाइडेनद्वारा कोरोना नियन्त्रणका लागि टास्कफोर्स गठन

एजेन्सी : अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो काम अन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टास्क फोर्स गठन गरेका छन् । तीन सह अध्यक्ष र दश सदस्य रहेको टास्क फोर्स उनले गठन गरेका हुन् ।

टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख रहेका छन् । महामारी नियन्त्रणका लागि राज्य एवं स्थानीय अधिकारीको समेत सरसल्लाह लिने बाइडेनले बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि बैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बाइडेनले बताएका छन् । उनले महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरेका छन् । कोरोना महामारी नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको भन्दै बाइडेनले बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु ठूलो चुनौती भएको पनि उल्लेख गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म एक करोड ३६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । दुई लाख ३८ हजार भन्दा बढिको मृत्यु भएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 10, 2020
Loading...