सिन्धुली बसपार्कमा फ्री-वाइफाई जडान

सिन्धुली, कार्तिक २५ । कमलामाई नगरपालिकाको वडा न ६ मा रहेको बसपार्क क्षेत्रमा आजबाट पुनः फ्री वाइफाई सेवा सुचारु भएको छ।

यात्रुहरूलाई बसपार्कमा बसकुर्दा, समयको सदुपयोग होस भन्ने मनसायले उक्त स्थानमा फ्री वाइफाई जडान गरिएको नगर प्रमुख खड्गबहादुर खत्री बताउनुभयो ।

सिन्धुली बसपार्क क्षेत्रमा वाइफाई जडान गर्दै एक प्राबिधिक  

त्यसैगरि नेपालीहरुको महान चाड तिहार नजिकिए संगै कमलामाई नगरपालिकाले रातको समयमा बालिने सडक वत्तीहरुको अनुगमन गर्न थालेको छ ।

कनपा प्रमुख खड्ग बहादुर खत्रीको घोषणा पत्रमा उल्लेख भएनुसार “नगरवासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना” भन्ने नारालाई सार्थकता दिन तिहार पर्वको समयमा नगर भित्रका क्षेत्रहरुमा राखिएका सडक बत्तीको अनुगमन तथा तिब्र गतिमा सडक बत्ती राख्ने कार्यजारी रहेको कमलामाई नगरपालिकाले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला

प्रकाशित मिति November 10, 2020