सिन्धुलीको मुल्कोटमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा तीनजना गम्भीर घाइते

सिन्धुली, कार्तिक २८। बिपि राजमार्ग अन्तर्गत मुल्कोट बजार घुम्तीमा आज बिहान मोटरसाइकल र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको बा १४ च १४७२ नम्बरको कार र सोही स्थानमा चल्ने मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परि सुनकोशी गा.पा-५ मुल्कोट ह्वाइटहाउस होटल संचालक देवेन्द्र श्रेष्ठ को दाहिने खुट्टा भाचिएको छ भने क्वालिटी विच रिसोर्ट मुल्कोटमा काम गर्न आएका उदयपुर जिल्ला ताप्ली गाउपलिका निवासी करण बहादुर तामाङ्ग र तेज बहादुर तामाङ गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको मुल्कोटमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 13, 2020
Loading...