चीनले आफ्नो भूमिमा संरचना निर्माण नगरेको भुटानको दाबी

एजेन्सी–भुटानले आफ्नो भूमिमा चीनले कुनै पनि संरचना निर्माण नगरेको बताएको छ। चीनले भुटानको २ किलोमिटर क्षेत्रभित्र आएर बस्ती बसाएको भनेर भारतीय सञ्चारमाध्यमले दाबी गरेपछि भुटानले त्यसमा स्पष्ट पारेको हो।

भारतका लागि भुटानी राजदूत वेत्सोप नामग्यालले भारतीय मिडियाको दाबीको खण्डन गरेका हुन्। उनले भुटानभित्र कुनैपनि चिनियाँ वस्ती नरहेको उल्लेख गर्दै स्याटेलाइट तस्बिरमा भएको देखिएको भनिएको संरचना डोकलामनजिकको भएको बताए। उनले उक्त गाउँ भुटानतर्फ नभएको पनि बताएका छन्।

भारत, चीन र भुटानको सीमामा चिनियाँ संरचना बनेको भन्दै केही समयअघि भारत र चीनबीच ७० दिनसम्म तनाव सिर्जना भएको थियो। यसक्रममा दुवै देशले सीमा क्षेत्रमा भारीमात्रामा हतियारसहितका सैनिक तैनाथ गरेका थिए।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 21, 2020