आजदेखी सिन्धुलीमा कोरोना परिक्षण ल्याब संचालनमा

सिन्धुली, मङ्सिर ०७ । लामाे प्रयत्नपछि आजदेेेखि सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण ल्याब संचालनमा आएको छ । आइतबारदेखि नियमित परीक्षण गरिने साे प्रयोगशालामा एक पटकमा ९६ नमूना स्वाब परीक्षण गर्ने क्षमता रहेकाे छ ।

कमलामाइ नगरपालिका ६ स्थित शिवनगरमा रहेकाे भूसंरक्षण कार्यालयकाे भवनमा पिसिआर मेसिन जडान गरि प्रयोगशाला सञ्चालनमा ल्याईएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पाेखरेलले जानकारी दिनुभयाे । उहाँका अनुसार, बाग्मती प्रदेश सरकारको एक करोड २५ लाख मूल्य बराबरकाे उपकरण र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको व्यवस्थापन खर्चमा प्रयोगशाला सञ्चालनमा आएको हो ।         

बाग्मती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीन जनाको प्राविधिक टोलीले शनिबार मेसिन जडान गरेपछि नमुना परीक्षण गरिएकाे थियाे । नमूना परीक्षणमा सफलता मिलेपछि साेमबारबाट नियमित परीक्षण थालिने अध्यक्ष पाेखरेलले जानकारी दिनुभयाे । प्रयोगशाला सञ्चालनका लागि नाै जना प्राविधिक एवम् स्वास्थ्यकर्मीकाे व्यवस्था गरिएको छ ।

ल्याबमा काम गर्ने प्राविधिक एवम् स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था समेत गरिएको छ । सिन्धुलीमा प्रयाेगशाला सञ्चालनपछि रामेछाप, उदयपुरकाे पश्चिमी क्षेत्रका साथै बर्दिबास क्षेत्रका स्वाब नमूना परीक्षणका लागि सहज भएकाे छ । यसअघि सिन्धुलीमा सङ्कलन गरिएकाे नमूना हेटौडा, धुलिखेल वा काठमाडौं पठाउने गरिन्थ्यो । सिन्धुलीको कोभीड-१९ अस्पतालमा तीन वेडको आईसियु र दुइ बेडको भेन्टिलेटर जडान तयारी थालिएकाे छ ।

सिन्धुली अस्पताल मातहत रहेकाे काेभिड अस्पतालमा आइसियु र भेन्टिलेटर जडानमा आवस्यक सबै सामान आईसकेकाले एक साता भित्रै भेन्टिलेटर र आइसियु सञ्चालनमा आउने अध्यक्ष पाेखरेलले जानकारी दिनुभयाे । त्यस्तै पचास वेडको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि थालिएको र एक महिनामा सिन्धुलीमै अक्सिजन प्लान सञ्चालनमा आउने अध्यक्ष पाेखरेलले विश्वास व्यक्त गर्नुभयाे ।

५० बेडकाे आइसाेलेसन सेन्टरलाइ काेभिड अस्पतालकाे रुपमा विकास गरिएकाे हाे । प्रदेश, स‌ंघीय र स्थानीय सरकारका साथै सबै जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनीतिक दलकाे सहयाेगमा सिन्धुलीमा काेभिड उपचारकाे पूर्वाधार तयार पार्न सकिएकाे अध्यक्ष पाेखरेलले निकै खुशी व्यक्त गर्नुभयाे ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 22, 2020