कश्मिर हमलामा परी भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौं, मङ्सिर १२ । दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ तंककारी ह मलामा परी मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृत्यु भएको हो। जम्मु कश्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर ह मला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो’ली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ त्यु भइसकेको भन्ने जानकारी दिएका थिए।

‘प्रेम मेरो अंकलको छोरा हो,’ तुलसीले भने, ‘आ तंककारी ह मलामा भाइसँगै भारतीय अर्का एक सैनिकको पनि मृत्यु भएको रहेछ।’ भाइको श व लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँडिसकेका छन्। श व शनिबारसम्म आइपुग्ने तुलसीले बताए।

प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन्। प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो ।

प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 27, 2020