कोरोना भ्याक्सिन : आपतकालीन प्रयोगको अनुमति माग्दै मोडेर्ना

काठमाडौं । फर्मास्युटिकल कम्पनी मोडेर्नाले निर्माण गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने तयारी गरेको बिबिसीले उल्लेख गरेको छ।

मोडेर्नाले सोमबार यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)मा कोरोना विरूद्धको भ्याक्सिन आपतकालीन प्रयोगका लागि आवेदन दिने तयारी गरेको हो।

यससँगै मोडेर्नाले यूरोपमा समेत आपतकालीन प्रयोगका लागि अनुमति माग्ने तयारीसमेत गरेको छ। यसपछि बेलायतमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति माग्ने तयारी गरिएको मोडेर्नाले जनाएको छ।

प्रशासनका अधिकारीहरूले उक्त एअआरएनए भ्याक्सिनको ट्रायल डेटा हेरी भ्याक्सिन पूर्ण रूपमा सुरक्षित तथा प्रभावकारी भए-नभएको जाँच गर्ने बिबिसीले जनाएको छ।

कम्पनीले भने आफूले गरेको ट्रायलका अनुसार भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी रहेको जनाएको छ। त्यसैगरी ग म्भीर प्रकृतिका को भिड संक्रमितको केसमा भने यो भ्याक्सिन शत प्रतिशत प्रभावकारी भएको कम्पनीले जनाएको सिएनएनले उल्लेख गरेको छ।

‘यो एकदम आश्चर्यजनक तथ्यांक हो,’ एफडिएअन्तर्गत भ्याक्सिन एड्भाइजरी कमिटीका सदस्य डा पल ओफिटले भने।

फाइजर भ्याक्सिन स्टोर गर्न भन्दा मोर्डेना स्टोर गर्न सजिलो पर्ने बताइएको छ। मोर्डेनाका लागि माइनस २० डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्न सकिने बताइएको छ। फाइजर भ्याक्सिन स्टोर गर्नका लागि माइनस ७५ डिग्री सेल्सियस तापमान चाहिने बताइएको थियो।

स्रोत : बिबिसी

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 30, 2020