अमेरिकी रास्ट्रपतिको चुनावी नतिजा उल्ट्याउन ट्रम्पको दबाब

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावको परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई दबाब दिएका छन् । जर्जिया राज्यमा डेमोक्रयाटिक दलका जो बाइडेन विजयी भएका थिए ।

एउटा शृंखलाबद्ध ट्वीटमा ट्रम्पले रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई राज्य संसद्को विशेष सत्र बोलाउन भनेका हुन् । ट्रम्पले जर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आ’ह्वान गरेका हुन् । ट्रम्पले राष्ट्रपतीय चुनावमा आफू पराजित भएको अझै स्वी’कार गरेका छैनन् । चुनावमा ५ सय ३८ इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३ सय ६ र ट्रम्पले २ सय ३२ मत पाएका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले चुनावमा धाँधली गरेको उनको दाबी छ । यद्यपि त्यसबारे उनले हालसम्म कुनै ठोस प्रमाण जुटाउन सकेका छैनन् । चुनावी परिणाम विरुद्ध ट्रम्पले विभिन्न राज्यहरूमा का’नुनी चुनौती दिएका भए पनि ती सबै लगभग वि फल भएका छन् । चुनावमा निकै प्रतिस्पर्धात्मक देखिएको जर्जियामा बाइडेनले झिनो मतान्तरले चुनाव जितेका हुन् ।         

जर्जियामा सन् १९९२ पछि पहिलोपटक डेमोक्रयाट उम्मेदवारले चुनाव जितेका हुन् । अमेरिकी सिनेटमा क ब्जा जमाउन दुई दलबीच जर्जियामा चुनावी प्रतिस्पर्धा हुँदै छ । जर्जियामा आगामी जनवरीमा हुने पुनः मतदानमा डेमोक्रयाटिक दल विजयी भएको खण्डमा रिपब्लिकन दलले अमेरिकी माथिल्लो सदनमा सि नेटमा नियन्त्रण गुमाउनेछ । जनवरी ५ मा हुने चुनावमा ७० वर्षीय सिनेटर डेभिड प्रडुसँग ३३ वर्षीय जन ओसोफले प्रतिस्पर्धा गर्दै छन् ।

त्यस्तै सिनेटर केली लोयफ्लरलाई डेमाक््रयाटिक दलका राफेल वारनकले चुनौती दिएका छन् । दुर्ईमध्ये एक सिटमा डेमो क्रयाटिक दल विजयी भएको खण्डमा जो बाडेनले आफूअनुकूलका कानुनहरू सहजै पारित गर्न सक्नेछन् ।

वासिङ्टन पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ट्रम्पले केम्पलाई शनिबार बिहान फोन गरेर मतपत्रहरूको हस्ताक्षरको परीक्षण गर्न माग गर्न भनेका थिए । तर त्यस्तो निर्देशन दिने अधिकार आफूसँग नरहेको भन्दै केम्पले ट्रम्पको अनुरोध अस्वीकार गरिदिएका स्रोत उल्लेख गर्दै पत्रिकाले जनाएको छ ।

‘यदि गभर्नर केम्प अथवा विदेशमन्त्रीले हस्ताक्षरको रुजु गर्न दिने हो भने म सजिलै र चाँडै जर्जियामा विजयी हुनेछु । यी दुई रिपब्लिकनले त्यसो गर्न किन अस्वीकार गरिरहेका छन्,’ ट्वीटरमा ट्रम्पले लेखेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 7, 2020