पूर्वमन्त्री गोकुल बाँस्कोटाद्वारा युवा संघका युवाहरुलाई अराजक बन्न निर्देशन

काठमाडौं: सत्तारुढ नेकपाका नेता गोकुल बाँस्कोटाले केपी ओलीलाई हात्तीको संज्ञा दिदै पार्टीका केही बरिष्ठ नेपालहरुले नाङलो ठटाएर हात्तीलाई त्रसाउन खोजेको आरोप लगाएका छन ।

पार्टी भित्र आन्तरिक कलह जारी रहेको समयमा शक्ती प्रदर्सनका रुपमा ओली पक्षले मोरङमा आयोजना गरेको प्रदेस स्तरीय युवा भेलालाई शनिवार सम्वोधन गर्दै केन्द्रीय सदस्य बाँस्कोटाले अधिवेशनबाट निर्वाचित अध्यक्षलाई नाङ्लो ठटाएर नत्रसाउन चे तावनी दिएका हुन । उनले धेरै युवाहरुले गरेको खबरदारीलाई अराजक भनिन्छ भने अझै पनि अराजक बन्न युवाहरुलाई निर्देशन समेत दिए ।

भेलालाई सम्वोधन गर्ने अधिकासं बक्ताहरुले अर्का अध्यक्ष दाहाल र बरिस्ठ नेता नेपाल तर्फ संकेत गर्दै आफु प्रधानमन्त्री हुदाँ सिंहदरबारमा फोटो झुण्ड्याउने बाहेक केही गर्न नसकेको आरोप समेत लगाए । भेलालाई युवा संघ नेपालका सह-सयोजक रमेश पौडेल लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 12, 2020