उत्तरपुस्तिकामा नम्बर थप ग*रेका आ*रोपित त्रिवि कर्मचारीले गरे आ*त्मह*त्या

 

साउन ३,काठमाडौं : कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अ*नियमितता ग*रेको आ*रोपमा विशेष अदालतमा मु*द्दा च*लाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आ*त्मह*त्या ग*रेका छन्।उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हा*म फा*लेर आ*त्मह*त्या ग*रेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हा*म फा*लेका हुन्।सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हा*म फा*लेका हुन्।

महानगरी प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक त*नावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि त*नावमै रहेको अ*नुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। उनले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए।पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए।उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आ*रोपसहित अख्तियार दुरुपयोग अ*नुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्र*ष्टाचार मु*द्दा दा*यर गरेको थियो । पाण्डेको मुद्दामा बिशेष अदालतले भने अझै फैसला गरिसकेको छैन ।

प्रकाशित मिति July 19, 2019
Loading...