तस्बिरमा सिन्धुलीको धार्मिक तथा पर्यटकिय स्थल पञ्चकन्या पोखरी (फोटो-फिचर)

सिन्धुलीको पवित्र धार्मिक तथा पर्यटकिय स्थल पञ्चकन्या पोखरी मरिण गाउँपालिका वडा नम्बर ५ घाटामा अवस्थित रहेकाे छ । सिन्धुलीमाढी बाट करिब १८ कि मी पश्चिम तर्फको दुरीमा रहेको धार्मिक तथा पर्यटकिय स्थलमा जिल्लाको विभिन्न ठाउँबाट अवलोकन भ्रमण तथा घुम्न आउनेको संख्या बाक्लिदै गैरहेको छ । साे पाेखरी सम्बन्धी अनेकन किम्बदन्तीहरू जाेडिएका छन् ।

मरिणखाेलाकाे छेवैमा अवस्थित पाेखरीकाे संरक्षणका लागि गाउँपालिका र स्थानीयवासीले चासाे राख्दैआएका छन्। मरिण गाउपालिकाले ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या पोखरीलाई पर्यटकिय क्षेत्रको पुर्वाधार निर्माण गरि धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि बिभिन्न संरचना निर्माण गरिरहेको छ ।

जिल्ला बिकास समितीको सहयोगमा ऐतिहासिक पञ्चकन्या पाेखरी संरक्षण उपसमिती नै बनाएर पोखरी क्षेत्र संरक्षण, मन्दिर तथा पिकनिक स्पटहरु पनि निर्माण गरिएको छ । उक्त पोखरीमा ढकमक्क फूलेका कमलको फुलले पोखरीको सौन्दर्यता वृद्धि गरिरहेको छ । हेरौ २५ तस्बिरमा ऐतिहासिक पञ्चकन्या पाेखरीको सेरोफेरो :

सम्पूर्ण तस्बिर – ताराप्रकाश श्रेष्ठ/ सिन्धुली

 

 

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 15, 2020