हृदयघातका कारण कुवेतमा एक नेपालीको  मृत्यु

कुवेत । कुवेतमा एकजना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउदको १४ डिसेम्बर सोमबारको दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो ।

डडेल्धुरा अजमेरु गाउँपालिका वडा नम्बर १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा १० वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा ड्राइभरको रुपमा काम गर्दै आएका साउद सरोकार समाज कुवेतका सक्रिय सदस्य पनि रहेका थिए ।

मृतक साउदको घरमा श्रीमती एक छोरी र एक छोरा छन् । नेपाली राजदुतावास कुवेतका द्वितीय सचीव श्रीकृष्ण सिलवालका अनुसार डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आइसकेको छ, तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए । आज र भोलि सम्ममा अस्पतालको रिपोर्ट आउने सिलवालले बताए ।             

मृतकको शव नेपाल पठाउनको लागी कानुनी प्रक्रियाका कामहरु अगाडि बढाइसकिएको छ तर मृतकको परिवारसङ सम्पर्क हुन सकेको छैन । मृतकको परिवारको सम्पर्क नम्बर कोहि कसैसँग छ भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनुहुनको लागि पनि कुवेत स्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 15, 2020