७८२ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा को रोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २९ जना रहेको छ ।

हालसम्म निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ जना पुगेको छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 18, 2020