साउदीमा ११ बर्ष बन्धक जिबन बिताएकी नेपाली चेलीको एनआरएनए साउदीद्वारा उद्दार

समर्पण रम्जान, साउदी – ११ बर्ष पहिले बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमाल (पासपोर्टमा अर्कै नाम बाट साउदी पठाइएकी) को एनआरएनए साउदीले उद्दार गरि नेपाल फर्काएको छ ।

साउदी अरबको ताबुक शहर स्थित ११ बर्ष देखी बिना तलब बन्धक जिबन बिताइ रहेकि उक्त चेलिको उद्दारका लागि खबर पाए लगत्तै गैर आवासिय नेपाली संघ साउदी अरबको समन्वयतामा र नेपाली महावाणिज्य दुताबास जेद्दाको बिशेष पहलमा पीडित चेली लीलामायाँको उध्दार गरि सकुशल नेपाल पठाएको कुरा एनआरएनए साउदिका प्रबक्ता बिष्णु न्यौपानेले जानकारी गराउनु भयो।

करिब दुई साताको लागि आवश्यक कानुनी प्रकृया पुरा नहुन्जेल सम्मको लागि गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली चेलीलाई खाना र बस्नको ब्यबस्था मिलाउनुको साथै, हवाइ टिकटको लागि अंशिक रकम, पिसिआर टेस्टको लागि रकम पनि उपलब्ध गराएको थियो ।

उनको उद्दारको निम्ती नेपाली महावाणिज्य दुताबास जेद्दाका श्रम सहचारी श्री प्रेम प्रसाद उपाध्याय सहितको टोली ताबुक पुगेर कानुनी प्रकृया अगाडि बढाएर चेलीको उध्दार गर्नुका साथै बर्षौं देखी नपाएको तलब क्षतिपूर्ती सहित चेलीको उद्दार गरी केहीदिन महावाणिज्य दुताबासको सेल्टरमा राखी आवश्यक कानुनी प्रकृया पुरा गरी नेपाल पठाइएको कुरा प्रबक्ता न्यौपानेले जानकारी दिएका छन् ।

यस् कार्यकालागी गैर आवासिय नेपाली संघ साउदी अरबका सल्लाहकार भक्त हमाल र एनआरएनए क्षेत्रिय समन्वय समिती ताबुकको ठुलो सहयोग रहेको कुरा पनि न्यौपानेले जानकारी दिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 20, 2020