म कुनै समूहको भेलामा पनि जान्नँ : हरिबोल गजुरेल

काठमाडौं, पुष ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।

सांसद गजुरलेले भने दुबै पक्षको भेलामा नजाने बताएका छन् । ‘हामीले पार्टी एकताको पक्षमा प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन’ स्थायी कमिटी सदस्य गजुरेलले भने, ‘पार्टीमा जुन अवस्था आयो, त्यो निकै दुःखद छ ।’

उनले आइतबार आफूले प्रधानमन्त्रीलाई भेटेको भनेर गरिएको प्रचारको पनि खण्डन गरे । उनले भने, ‘अहिले म कतै पनि गएको छैन र जान्नँ पनि ।’

सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित गजुरेलको ह र्कत देखेर त्यस क्षेत्रका नेता तथा कार्यकर्ता भने आ क्रोशित भएका छन । पुर्व माओवादीको पकड क्षेत्रबाट चुनाव जितेका गजुरेलले अहिले आएर ढुलमुले चरित्र देखाउनु दु:खद भएको स्थानिय नेता कार्यकर्ताको भनाइ छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 21, 2020